चीनको सन्चौ १३ अन्तरिक्ष अभियानका तीन जना अन्तरिक्ष यात्री हिजो उडेका छन् । उनीहरु झण्डै ६ महिनासम्म अन्तरिक्षमा बस्नेछन् । यसअघि चिनियाँ अन्तरिक्षयात्रीहरू तीन महिनासम्म अन्तरिक्षमा बसेका थिए ।
ये क्वाङ्फु, चाई चिकाङ र वाङ यापिङको टोलीले चिनियाँ अन्तरिक्ष यात्रीहरुले हालसम्मकै सबैभन्दा धेरै समयसम्म अन्तरिक्षमा बिताएको समयको रकर्ड राख्नेछन् ।
टोलीमा रहेकामध्ये वाङ महिला हुन् । मानवसहित अन्तरिक्षमा हिजो दिउँसो प्रक्षेपण गरिएको सन्चौ १३ को अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ असोज २०७८, १४ : ०६
लेखकबाट थप