हाइटीमा १७ जना अमेरिकी मिसनरी अपहरित

एजेन्सी

आइतबार, ३१ असोज २०७८, ११ : ४४
हाइटीमा १७ जना अमेरिकी मिसनरी अपहरित

हाइटीको राजधानीबाट १७ जना अमेरिकी क्रिस्चियन मिसनरीहरू अपहरणमा परेका छन्। मिडिया रिपोर्टका अनुसार स्थानीय ग्याङले बालबालिकासमेतलाई अपहरण गरेका हुन् ।

न्युयोर्क टाइम्सले पोर्ट–एउ–प्रिन्सका सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै उनीहरू शनिबार एक बसबाट अपहरणमा परेको जनाएको छ । सो समूह अनाथालयबाट केही सदस्यहरूलाई विमानस्थल छाड्न गइरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

एएफपी समाचार एजेन्सीले पनि सुरक्षा स्रोतको हवाला दिँदै उनीहरूलाई सशस्त्र समूहले अपहरण गरेको जानकारी दिएको छ । सो समय लामो समयदेखि राजधानी र डोमेनिकन रिपब्लिकको सीमामा चोरी र अपहरणमा संलग्न हुँदै आएको बताइएको छ ।

अमेरिकी सरकारका प्रवक्ताले अपहरणको समाचारबारे आफूहरू जानकार रहेको र विदेशमा रहेका अमेरिकी नागरिकहरूको सुरक्षा आफूहरूको प्रमुख प्राथमिकता रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस