वीरगञ्ज । वीरगञ्जमा ट्याँकरले ठक्कर दिदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।
वीरगञ्ज पथलैया सडक खण्ड अन्र्तगत बाराको जितपुर सिमरा उमहानगरपालिकामा शुक्रबार राति ११ बजेको समयमा ७५९४ नम्बरको टयाँकरले बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
ट्याँकरको ठक्करबाट कारका चालक भारत बिहार मोतिहारी निवासी ३४ वर्षका राजन सर्राफ, कारमा सवार २५ वर्षिय सुरज प्रसाद र कृत सिँहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
दुर्घटनामा परी गम्भिर घाईते भएका सर्राफको अस्पताल ल्याउने क्रममा बाटोमा र अन्य दुई जनाको वीरगञ्ज स्थित नारायणी बयोद्धा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। मृतक मध्ये सर्राफको मात्रै ठेगान खुल्न सकेको तथा अन्य दुई जनाको ठेगाना खुल्न बाँकी रहेको यादवले बताए ।
ट्याँकरका चालक भने फरार भएको तथा उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असोज २०७८, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते