वीरगञ्ज । वीरगञ्जमा ट्याँकरले ठक्कर दिदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।
वीरगञ्ज पथलैया सडक खण्ड अन्र्तगत बाराको जितपुर सिमरा उमहानगरपालिकामा शुक्रबार राति ११ बजेको समयमा ७५९४ नम्बरको टयाँकरले बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
ट्याँकरको ठक्करबाट कारका चालक भारत बिहार मोतिहारी निवासी ३४ वर्षका राजन सर्राफ, कारमा सवार २५ वर्षिय सुरज प्रसाद र कृत सिँहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
दुर्घटनामा परी गम्भिर घाईते भएका सर्राफको अस्पताल ल्याउने क्रममा बाटोमा र अन्य दुई जनाको वीरगञ्ज स्थित नारायणी बयोद्धा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। मृतक मध्ये सर्राफको मात्रै ठेगान खुल्न सकेको तथा अन्य दुई जनाको ठेगाना खुल्न बाँकी रहेको यादवले बताए ।
ट्याँकरका चालक भने फरार भएको तथा उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० असोज २०७८, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते