भारतमा थप १७ हजार जनामा संक्रमण पुष्टि, ३७८ संक्रमितको मृत्यु

एजेन्सी

शुक्रबार, २९ असोज २०७८, १२ : ५१
भारतमा थप १७ हजार जनामा संक्रमण पुष्टि, ३७८ संक्रमितको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ३६ हजार ६८४ पुगेको छ ।  भारतमा २ लाख १० हजार ३५२ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३७८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ८४७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस