कोरोना अपडेट : ७९२ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १७ : ५४
कोरोना अपडेट : ७९२ कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा  कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन् ।

७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।