इजरायलमा सुसारे (केयरगिभर)मा जानेको अन्तिम नतिजा सार्वजनिक भएको छ। भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाको वैदेशिक रोजगार विभागको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारतर्फबाट गोलाप्रथा प्रणालीमार्फत एक हजार १७५ जना छनोट भएका हुन्।
नेपालबाट विभिन्न चरण पार गरी एक हजार छ सय नेपालीलाई सूचीकृत गरिएकोमा त्यो सङ्ख्याका श्रमिक गोलाप्रथाबाट छानिएका हुन्। विभागका अनुसार छनोटमा परेकामध्ये सिफारिसमा परेकालाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ८२१ महिला (७० प्रतिशत) रहेका छन् भने र ३५४ पुुरुष (३० प्रतिशत) छनोट परेका छन्। सूचीकृतहरूको छनोट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथा प्रणालीमार्फत भएको थियो।
अभौतिक रूपमा गरिएको उक्त छनोट कार्यक्रममा वैदेशिक रोजगार विभागलगायत अन्य केही सरोकारवालाको पनि सहभागिता रहेको थियो। छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुुत्र्तीण भएमा इजरायल जान पाइँदैन। यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक श्रमिक पठाउन लागेको हो। गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २६ असोज २०७८, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा