प्रधानमन्त्री देउवाले सम्हाले उद्योग मन्त्रालयको कार्यभार

सफल खबर संवाददाता

सोमबार, २५ असोज २०७८, २१ : १६
प्रधानमन्त्री देउवाले सम्हाले उद्योग मन्त्रालयको कार्यभार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेका छन् । 

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्का सदस्य गजेन्द्रबहादुर हमालले नेपालको संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा उनलाई सो कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस