काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् ।
व्यापक विरोधपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएको भन्दै रावलले अब उनलाई मन्त्री बनाउने प्रधानमन्त्री देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रधानन्यायाधीश राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? भनि ट्विटरमा प्रश्न गरेका हुन् ।
निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको उनको भनाइ छ ।
'व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्।' उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असोज २०७८, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै