उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १० : ३३
उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले दिए राजीनामा

काठमाडौं । उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको  बतायो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस