काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।
नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दसैँको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
“पार्टीलाई संस्थागत, विधिसम्मत रुपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीति मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक विकासको खाँचो रहेको उनको भनाइ थियो ।
पूर्वउपप्रधानन्त्री सिंहले निर्वाचनमा कांग्रेसले जितेको प्रत्यक्षतर्फ २३ सिटमध्ये चार सिट जितेको काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताए । राजनीतिमा न्याय हुनुपर्ने नेता सिंहको भनाइ थियो । उहाँले काँग्रेसभित्र पदीय जिम्मेवारी निर्वाहमा सबै लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २३ असोज २०७८, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह