प्रदेश नं १ मा ९३ सङ्क्रमित थपिए

रासस

शनिबार, २३ असोज २०७८, १९ : ५४
प्रदेश नं १ मा ९३ सङ्क्रमित थपिए

काठमाडौँ । विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको  सुन्दरहरैचामा तीन, जहदा, मिक्लाजुङ र बुढीगङ्गामा एक/एक, सुनसरीको धरान र इटहरीमा नौ/नौ, दुहवीमा चार, इनरुवामा तीन, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक/एक, झापाको भद्रपुरमा १२, दमकमा चार, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एक÷एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका एक/एक जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस