भारतमा थप १९ हजार ८७० जनामा संक्रमण

एजेन्सी

शनिबार, २३ असोज २०७८, १६ : ४०
भारतमा थप १९ हजार ८७० जनामा संक्रमण

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३९ लाख ३४ हजार ३३५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ४३ हजार २२४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २४८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ४०८ पुगेको छ ।