दशैंकाे खुसियालीसँग जाेडिएकाे आशीर्वाद

टंक प्रसाद लम्साल

शनिबार, २३ असोज २०७८, १५ : ३९
दशैंकाे खुसियालीसँग जाेडिएकाे आशीर्वाद

बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी एवम् नवरात्रभर शक्तिको आराधना गरी दशौं दिन विजया दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टिका प्रसाद ग्रहण गरेर विशेषरुपमा पूर्णिमासम्म यस चाड मनाउने चलन रहेको छ। यसलाई असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा मनाइन्छ।

CG Developers Tansen Cement box

मैसासुर राक्षसको वध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको ,दुर्गाले दैत्यराज चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भ लाई वध गरेको खुसियालीमा यस पर्वलाई मनाइन्छ । दशै पर्वले दश प्रकारका पापहरु (काम, क्रोध, लोभ, मोह, मद, मत्स्य, अहंकार, आलस्य र हिंसा) लाई त्याग्न प्रेरणा दिन्छ ।

बाल्यकालमा दशैंको टिकाले दिएको खुसियालीको क्षण अझै पनि मेरो मानसपटलमा घुमिरहेको छ । एक वर्षमा एकचोटि नयाँ कपडा लगाइन्थ्यो, स्कुल पढ्दाको ड्रेसको कपडाले नै  दशैंको लुगाको सपिङ बराबरको खुशियाली दिने मुख्य माध्यम थियो हाम्रो। कारण थियो त्यस समयमा अहिलेजस्तो विश्वव्यापीकरणको प्रभाव थिएन । आजजस्तो सामाजिक सञ्जाल फेसबुक, अनलाइन टिकटकबाट नयाँ कपडाको विज्ञापन हुँदैनथ्यो ।

लिङ्गेपिङ रोटेपिङ खेल्न को लागि पारी गाउँ देखि दुई घण्टाको बाटो हिडेर एक गाउँबाट अर्को गाउँमा मानिसहरु आवतजावत गर्थे । लाहुरे प्रदेशबाट दशैं लाग्यो भनेपछि पारी डाँडाबाट ठूलो डेक सहितको आवाजमा क्यासेट  घन्काउदै लोकगीत बजाउँदै घर आउँथे । प्रदेशिहरु आएको थाहा पाउनेबित्तिकै त्यसबेला खुबै चलेको ल्याक्टो मिठाई, पिरो मिठाई, पिपलगेडि मिठाई अनि सुन्तली मिठाईको आशाले लाहुरे आएको घरतर्फ जान्थ्यौ, त्यस समयको घटनाले दशैंको रमाइलो कति हुन्छ भन्ने कुरालाई ईङ्गित गरेको छ ।

जसरी आज व्यवस्थापनको सिद्धान्तले (division of work) कार्यविभाजनलाई महत्व  दिएको छ, ठिक त्यस समयमा समेत कार्यविभाजनको सिद्धान्तलाई व्यवहारिक ढंगले अनुशरण गरेको पाइन्थ्यो।

अझ खुसिको कुरा त लाहुरेदाईले दिएको लेक्टो चक्लेटको खोल जम्मा गरि त्यसलाई तन्काएर भोलिपल्ट फाटेका भक्कु हात्तिछाप चप्पल गाँस्न प्रयोग गरिन्थ्यो । लाहुरेदाईले चुईगम दिईहाले भने घरमा काठको दलिन वा खाँमोमा टास्ने प्रक्रियालाई निरन्तरता दिदै ५/७ दिनसम्म चुईगम चपाईन्थ्यो सायद त्यो खुसि कुनै शब्दमा बयान गर्न सकिदैन वा करौडौँ मुल्यमा किन्न सकिँदैन जुन त्यो बालापनमा थियो ।

कमेरोले घर  पोतिन्थ्यो  रातोमाटोले घर लिपिन्थ्यो । जसरी आज व्यवस्थापनको सिद्धान्तले (division of work) कार्यविभाजनलाई महत्व  दिएको छ, ठिक त्यस समयमा समेत कार्यविभाजनको सिद्धान्तलाई व्यवहारिक ढंगले अनुशरण गरेको पाइन्थ्यो। पुरुषहरु बाटो खन्ने बाटो बनाउने काममा व्यस्त रहन्थे महिलाहरु घरको लिपपोत तर्फ व्यस्त रहन्थे केटाकेटीहरु गोठमा भएका गाई वस्तुहरु, बाख्रा चराउन को लागि आफ्नो समयलाई व्यतित गर्थे ।  

बेलुका फर्किसकेपछि  झ्याउरे भाकामा रातभरि लिङ्गे पिङ, रोटे पिङ खेल्दै घमासानसँग  रोधी बस्ने चलन हुन्थ्यो  जसले साँच्चै नै आपसी सौहार्दता, सद्भभाव, सहकार्य एवं मनोरञ्जनलाई लक्षित गरेको हुन्थ्यो  । खुसि त त्यस मानेमा मिल्थ्यो कि राती राती भागि भागि पिङ खेल्न जादा लडेर लागेको चोटलाई लुकाउन घरमा बुवा-आमाले के भयो बाबू-नानि भनेर सोध्दा अमिलो मनपनि गुलियो बनाउदै  घाँस, दाउरा काट्न जाँदा लागेको चोट वा गाई बाख्रा चराउन जाँदा लागेको चोट भनेर  गल्ति लुकाउने गरिन्थ्यो।

खरबारीमा हुर्कदै गरेका बाबियोलाई पिङ् बाट्नको  लागि जोगाएर राखिन्थ्यो अनि सबैले आ-आफ्नो ठाउँबाट जम्मा गरेको बाबियोलाई सबैको साझा थलोको रुपमा रहेको चौतारीमा भेला भएर डोरे पिङ लिङ्गे पिङ बाट्ने चलन थियो। जसले  आवश्यकताको सिद्धान्त, मितव्यायिताको  सिद्धान्तलाई अनुशरण गरेको थियो वा भनौं दिगो विकासको सिद्धान्तलाई अनुशरण गरेको थियो किनकि विशेष चाडका लागि भनेर धेरै अगाडि देखि नै खरबारिमा हुर्कदै गरेको बाबियो जोगाएर राख्ने चलन हुन्थ्यो । यतिमात्र होईन पल्लाघरे काका अनि तल्लाघरे आमाले भविष्यको सपना वोकि सहर पढ्न गएका छोराछोरि दशैमा फर्किन्छन भनी नखाई-नखाईकन रातो भई पटपटि फुट्ने भईसक्दा समेत थाक्रोमा नै जोगाएर राख्नुहुन्थ्यो काक्रो , कसैले चोरेर खाला भन्दै कुरेरै बस्नुहुन्थ्यो उपल्लो घरकि ज्यामा त अम्बाको रुख अनि अन्य फलफुल समेत घरदेशी अनि प्रदेशीको लागि जोगाई-जोगाईकन । 

बाबू नानी ठूलो मान्छे बनेस’ यसको  अर्थ राम्रो गरेस, सिर्जनशील भएस् समयलाई चिनेस्, अनुशासित भएस् भन्ने जस्तो सकारात्मक कुराहरुलाई नै इंगित गरेको हुनुपर्छ । तर ठुलो मान्छे भनेको को जस्तो ? यसको सिमितता के यस्ता कुराहरुको प्रश्न दिमागमा आजसम्म पनि आईरहन्छ । कसलाई अनुसरण गरियो भने ठुलो मान्छे बनिन्छ ? बौद्दिकता, लगनशिलता एवं सदाचारितालाई आत्मसात गर्न के गर्नुपर्ला ? आदि-ईत्यादि । मेरो हजुरवुवाले मलाई दिएको त्यो आशिर्वादले मलाई आत्मअनुशासन एवं सदाचारि बन्नुपर्छ भन्ने कुराको सधै बोध गराईरहेको छ  ।

अब शुरु हुन्छ दशै । जब दशैको टीका सुरु हुन्थ्यो मान्यजनको हातबाट टीका लगाउँदा सबैले भन्ने साझा शब्द ‘बाबू-नानि ठुलो मान्छे बनेस्, सबैले गुन्ने हुने मान्छे भएस् ।’ परम्परादेखि आजसम्म चली आएको यस शब्दले निकै ठुलो महत्व बोकेको छ । सायद दशैँको टीका लगाउदा मात्र यो शब्द बढी प्रयोग गरिन्थ्यो । ‘बाबू नानी ठूलो मान्छे बनेस’ यसको  अर्थ राम्रो गरेस, सिर्जनशील भएस् समयलाई चिनेस्, अनुशासित भएस् भन्ने जस्तो सकारात्मक कुराहरुलाई नै इंगित गरेको हुनुपर्छ ।
तर ठुलो मान्छे भनेको को जस्तो ? यसको सिमितता के यस्ता कुराहरुको प्रश्न दिमागमा आजसम्म पनि आईरहन्छ । कसलाई अनुसरण गरियो भने ठुलो मान्छे बनिन्छ ? बौद्दिकता, लगनशिलता एवं सदाचारितालाई आत्मसात गर्न के गर्नुपर्ला ? आदि-ईत्यादि । मेरो हजुरवुवाले मलाई दिएको त्यो आशीर्वादले मलाई आत्मअनुशासन एवं सदाचारि बन्नुपर्छ भन्ने कुराको सधै बोध गराईरहेको छ  ।

वास्तवमा टीका लगाउदा दिने आशीर्वादको अर्थ धेरै  वैज्ञानिक रहेछ। द्रोणपुत्र अस्वत्थामाको जस्तो आयु होस्, दशरथ राजा को जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नास होस् । नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सुर्यपुत्र कर्णको  जस्तो दानविरता, हलधर बलरामको जस्तो बल, कुन्तिपुत्र युधिस्ठिरको जस्तो सत्यवादि, विदुरको जस्तो ज्ञान र भगवान नारायणको जस्तो कीर्ति प्राप्त होस् भन्ने आशिर्बाद पाइसकेपछि ठुलो मान्छे हुन यतिका धेरै व्यक्तिहरु जस्तो उदाहरणीय बन्नुपर्दछ भन्ने कुराले आजसम्म पनि वोध गराइरहेको छ।

८० वर्ष हुँदासम्म हजुरबुवाले आयुद्रोणसुते हुँदै कितृश्च नारायणे भन्ने सम्मको श्लोक भन्न कहिलै छोड्नु भएन।। यसको अर्थ यतिका धेरै रहेछ साच्चै  कति राम्रो आशिर्वाद दिनुभएको रहेछ सबै मान्यजनहरुले ।  त्यस आशीर्वाद अनुसार मैले आफूलाई त्यहाँ समर्पण गर्न सक्छु सक्दिन ? मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थ भावको विकास गर्न सक्छु या सक्दिन भन्ने कुराले आजसम्म पनि झस्काईरहन्छ ।

८० वर्ष हुँदासम्म हजुरबुवाले आयुद्रोणसुते हुँदै कितृश्च नारायणे भन्ने सम्मको श्लोक भन्न कहिलै छोड्नु भएन।। यसको अर्थ यतिका धेरै रहेछ साच्चै  कति राम्रो आशिर्वाद दिनुभएको रहेछ सबै मान्यजनहरुले ।  त्यस आशीर्वाद अनुसार मैले आफूलाई त्यहाँ समर्पण गर्न सक्छु सक्दिन ? मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थ भावको विकास गर्न सक्छु या सक्दिन भन्ने कुराले आजसम्म पनि झस्काईरहन्छ ।

निधारभरि रातो टिका अनि  जमरा लगाउँदै सबै गाउँटोल सकिन्थ्यो सबैले दिएको प्रसादिलाई एउटा ठूलो प्लास्टिकको झोलामा थाप्दै-थाप्दै घरसम्म फर्किदा लगभग भरिन्थ्यो झोला सेलरोटी, अर्सा, फिनि अनि अनरसाले । सबै प्रसादिलाई अगेनाको छेउमा लगेर राखियो अनि भोलिपल्टबाट त्यस आशिर्वादसँग जोडिएको प्रसाद आधा सेलरोटीका टुक्राहरु खान सुरु गरिन्थो । या भनौ  दशै लगत्तै  धान काट्ने समय हुन्छ। धान काट्ने  मेलामा जाँदा समेत त्यहि बचेको सेलरोटी लगिन्थ्यो जुन खुसीलाई शब्दमा व्यक्त गर्न सकिँदैन  । 

आजको विश्वव्यापीकरण, सुचना-प्रविधिको पहुँच, आधुनिकतावादले चाडपर्व कहि कतै खल्लो भईरहेको त छैन ? भन्ने प्रश्न आम मानव समुदायमा उठिरहेको छ । जे छ खुसि हुन सिकौ, संस्कृति चाडपर्व को जगेर्ना गरौ, धार्मिक आस्थालाई अझ परिस्कृत गराऔँ अनि बल्ल मानव सभ्यता जोगिईरहन्छ होईन र ?

लेखक व्यवस्थापन संकाय तथा राजनीतिकशास्त्रका विद्यार्थी समेत हुन्   ।