कश्मिरमा गोली हानेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

सफल खबर संवाददाता

विहीबार, २१ असोज २०७८, १६ : ३७
कश्मिरमा गोली हानेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं । भारत प्रशासित कश्मीरमा बिहीबार प्रधानाध्यापकसहित दुई शिक्षकको गोली हानी हत्या भएको छ।

भारतीय सन्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले उनिहरुको हत्या गरेका हुन्। उनिहरुलाई तत्काल अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। जम्मु कश्मीर प्रहरीले आतङ्ककारीले उनिहरुको हत्या गरेको दावी गरेको छ।

पाकिस्तानमा रहेका आतङ्ककारी समूह घटनामा संलग्न भएको आशंका प्रहरीको छ। यसअघि मंगलबार पनि  यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो । कश्मिरलाई भारत र पाकिस्तान दुवैले दावी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस