तालिवानले १३ सर्वसाधारणको हत्या गरे : एम्नेस्टी

एजेन्सी

मंगलबार, १९ असोज २०७८, १२ : ४९
तालिवानले १३ सर्वसाधारणको हत्या गरे : एम्नेस्टी

एजेन्सी । तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको हत्या गरेको अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि छन् ।

३० अगस्टमा करिब ३०० तालिवान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ) का पूर्व सदस्यको हत्या गरेका थिए । मारिएकामध्ये नौ जनाको शव नदीमा फालिएको थियो । आत्मसमर्पणपछि उनीहरुको हत्या भएको अधिकारवादी समूहले जनाएको छ ।

तालिवानले अफगान सेनालाई आक्रमण गर्ने क्रममा सर्वसाधरणको पनि हत्या गरेको हो । मारिनेमध्ये अधिकांश २४ देखि ४६ वर्षका छन् । सन् १९९६ देखि २००१ मा सत्तामा हुँदा तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिको हत्या गरेको थियो । 

तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिलाई हत्या गरेको यो दोस्रो पटक हो । यसअघि काबुल कब्जा गर्नुअघि गत जुनमा गजनी प्रान्तमा तालिवानले नौ जनाको हत्या गरेको थियो । उनीहरू सबै हजरा समुदायका व्यक्ति थिए । 

प्रतिक्रिया दिनुहोस