धनुषाको रोशन ज्योती आयल स्टोरमा गएराति लुटपाट

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, ११ : ५९
धनुषाको रोशन ज्योती आयल स्टोरमा गएराति लुटपाट

धनुषा । धनुषाको बिदेह नगरपालिका-७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले  नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।  

६/७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल संचालक बिदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएको बताइएको छ । 

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्दा एंव सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले  लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस