आज अन्तिम खेलमा भैरहवाविरुद्ध काठमाडौंको अग्निपरीक्षा

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, ११ : ५५
आज अन्तिम खेलमा भैरहवाविरुद्ध काठमाडौंको अग्निपरीक्षा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आजबाट लिग चरणका खेलहरु सकिंदैछन् । लिग चरणको अन्तिम खेलमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्स भिड्दैछन् ।

टियु क्रिकेट मैदानमा हुने यो खेलले प्रतियोगिताको प्ले अफ् समिकरण पुरा गर्नेछ । लिगमा ५ खेलबाट ८ अंक जोडेको चितवन शिर्ष स्थानमा छ । समान खेलबाट ७ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको भैरहवा ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको खण्डमा भैरहवा तालिकाको शिर्ष स्थानमा उक्लेछ । आज भैरहवालाई पराजित गरेको अवस्थामा भने काठमाडौं प्ले अफ्का लागि छानिनेछ ।४ खेलबाट २ अंक मात्रै जोडेको काठमाडौं ६ टोली सहभागि प्रतियोगिताको पाँचौ स्थानमा छ । आज काठमाडौं हारेको अवस्थामा भने चौथो स्थानको ललितपुरले प्ले अफ् खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस