पशुपति मन्दिरको दर्शन पछि बलिउड अभिनेता अनुपम खेरले दिए यस्तो प्रतिक्रिया..

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १० : २८
पशुपति मन्दिरको दर्शन पछि बलिउड अभिनेता अनुपम खेरले दिए यस्तो प्रतिक्रिया..

काठमाडौं । बलिउडका चर्चित अभिनेता अनुपम खेर चलचित्र शुटिंगका लागि यति बेला नेपालमा छन् । बलिउड चलचित्र ‘उचाइ’ सुटिंगका लागि नेपाल आएका उनी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पुर्जाअर्चना गरेका छन् ।

मन्दिर पुगेर उनले सबैको सुस्वास्थ्य र शन्तिको कामना गरेका छन् । मन्दिर दर्शन पछि उनले ट्वीट गर्दै भनेका छन्, “काठमाडौंको चर्चित पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा धन्य महसुस गरिरहेको छु ।

मैले सबैको राम्रो स्वास्थ्य र शान्तिको लागि प्रार्थना गरेको छु । म धेरै खुसी छु,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस