कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, ०७ : ४४
कस्तो रहला आजको मौसम ?

काठमाडौं । मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । 

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ।

जसका कारण मंगलबार बिहान  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको पनि महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस