सुदूरपश्चिम : कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर

रासस

आइतबार, १७ असोज २०७८, २१ : २७
सुदूरपश्चिम : कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आइतबार कोरोना सङ्क्रमण हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर रहेका छन् । गएको २४ घण्टामा प्रदेशभर १५ जनामा सङ्क्रमण पुष्टि हुँदा २९ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ५७० जनाको नमूना परीक्षण गर्दा १५ जनामा  सङ्क्रमण पुष्टि भएको हो । पाँच जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । 

पीसीआर विधिमार्फत महाकाली अस्पतालमा तीन र डडेल्धुरा अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा छ, कैलाली र बैतडीका दुई÷दुई  जनामा सङ्क्रमण पुष्टि भएको छ ।     

यस्तै गएको २४ घण्टामा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको  मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराका ७० वर्षीय पुरुष रहेका छन् । 

प्रतिक्रिया दिनुहोस