अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन, अन्य पदाधिकारीका बारेमा छलफल जारी

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, ११ : ३०
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन, अन्य पदाधिकारीका बारेमा छलफल जारी

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो ।

‘पार्टी स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाउनुभएको छ’, अखिलका वर्तमान अध्यक्ष रञ्जित तामाङले भने, ‘अरु पदाधिकारीका बारेमा छलफल जारी छ ।’

क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् ।

प्रतिक्रिया दिनुहोस