काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई विधिसम्मत रुपमा अगाडि बढाएर जीवन्त राख्नका लागि आगामी महाधिवेशन सहयोगी सिद्ध हुने बताउनुभएको हो । आगामी महाधिवेशनबाट पार्टीलाई शुद्धिकरण र सुढृढ गरिने उनले भने ।
पार्टीका पूर्वमहामन्त्री सिंहले गणेशमान सिंहले गरेको त्याग प्रकाशमान सिंहले गर्नुपर्छ भन्ने नरहेको भन्दै आफू पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभयो । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सम्मानित नेता भएकाले उहाँहरुले पार्टीमा अभिभावकत्व गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अगाडि बढ्नुपर्ने बताए । “पार्टीलाई भरोसायोग्य बनाएर सबै कम्युनिष्ट एक भए पनि लड्न सक्ने गरी सङ्गठन निर्माणमा हामी लाग्नुपर्छ”, उनले भने ।
नेता थापाले थोरै समयमा कांग्रेसलाई शुद्ध र सुढृढ बनाउन लाग्नुपर्ने बताउँदै नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दाबी गरे । नेता थापाले मुलुकलाई कम्युनिष्टको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले कांग्रेस काठमाडौँको महाधिवेशनलाई देशभरले चासोका साथ हेरेको भन्दै सक्षम नेतृत्व ल्याउनुपर्ने बताए । कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीलगायतले अधिवेशनको शुभकामना व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १६ असोज २०७८, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि