काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट आफूलाई सभपाति जिताउन आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले उपत्यकाबासीले बाहिरबाट आएका नेताहरुलाई मात्र अघि बढाएको भन्दै दुखेसो पोखेका हुन् ।
नेता सिंहले उपत्यकाले आफ्नो नेतालाई सधै सानो देख्ने र बाहिबाट आएको नेतालाई अघि बढाउँदा आफूहरु पछि परेको उल्लेख गरे । 'उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई का नेता साना देख्ने बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?' उनले प्रश्न गरे ।
उनले १४औं महाधिवेशनबाट पार्टीलाई जिवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउन ‘फस्ट म्यान’ बन्न अघि बढेको बताए । 'काठमाडौंमा जन्मिएको भन्दैमा, गणेशमान र मंगलादेवीको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ?,' उनले भने, 'अरुको छोराहरुले त अवसर पाएका छन् त ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि