काठमाडौं । यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो ।
गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो ।
यस्तै, सोमबार प्रतितोला ३०० ले बढेको सुनको मूल्य मंगलबार फेरी ३०० ले घटेको थियो । यसैगरी, बुधबार तोलामा ९०० ले बढेको सुने त्यसयताका दुई दिनमा ओरालो लाग्दै शुक्रबार ८९ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यो साता सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो साताको शुक्रबार ११ सय ४० रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असोज २०७८, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?