डा. बाबुराम भट्टराईको कटाक्ष :  ‘खड्ग प्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती’

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १० : ०७
डा. बाबुराम भट्टराईको कटाक्ष :  ‘खड्ग प्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रति लक्षित गर्दै खड्ग प्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो भन्दै कटाक्ष गरेका छन् । 

नेकपा एमालेको प्रथम विधान महाधिवेशनलाई लिएर भट्टराईले सामाजिक सञ्जालमार्फत केपी ओलीमाथि व्यङ्ग्य गरेका हुन् । सहभागीले उचालेको ओलीको तस्बिर पोस्ट गर्दै उनले व्यंग्य कसेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो। लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तस् स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’ 

प्रतिक्रिया दिनुहोस