भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिए

एजेन्सी

विहीबार, १४ असोज २०७८, १२ : ३३
भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिए

नयाँ दिल्ली ।  पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ पुगेको छ ।

CG Developers Tansen Cement box

यही अवधिमा ३०९ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म लाख ४८ हजार ९० जनाको मृत्यु भइसकेको छ ।

ओल्डोमिटरका अनुसार भारतमा २८ हजार ७२८ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३ करोड ३० लाख ७ हजार २८५ पुगेको छ ।