बउडेन बनिन् ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १२ : २३
बउडेन बनिन् ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री

एजेन्सी । ट्युनिसियाले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कैस सइदले  नाज्ला बउडेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ‘गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आव्हान गर्नु भएको छ ।’ राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ । 

सइदले यही २५ जुलाइमा हिचेम मेचिचीको सरकार अपदस्थ गरी संसद बिघटन गरेका थिए । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबीच राष्ट्रपतिले तानाशाही कदम चालेका थिए । त्यसपछि उनले विभिन्न आदेश जारी गर्दै शासन सञ्चालन गरेका छन् । 

राष्ट्रपतिको कार्यलयले सार्वजनिक गरेको एउटा भिडियोमा सरकार गठनका लागि बउडेनले राष्ट्रपतिसँग छलफल गरेको देखिन्छ । उनले सरकारको नेतृत्व महिलाले गर्नुपर्ने बताउँदै आएका छन् । नयाँ सरकारले भ्रष्टाचार निर्मूल र विभिन्न संस्थाहरुमा देखिएको उथलपुथल अन्त्य गर्नुपर्ने बताएका छन् । 

प्रजातान्त्रिक संक्रमणकालको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ । तर, प्रायः ट्युनिसियालीले आफ्नो जीवनस्तरमा खासै सकरात्मक परिवर्तन अनुभूति गर्न सकेका छनैन् ।  भ्रष्ट राजनीतिक संरचनाका कारण कतिपय नागरिकमा वितृष्णा पैदा भएको छ । 

प्रतिक्रिया दिनुहोस