एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको छ : ज्ञानेन्द्रबहादुर कार्की

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १२ : १६
एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको छ : ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दुःखद रहेको बताएका छन् ।

बैठकपछि बाहिरिँदै उनले पत्रकारहरूसँग भने  ‘यसअघि सभामुखले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष आएन । आज प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा पनि एमाले अनुपस्थित रह्यो । यसबाट एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ ।

आजको बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने धारणा व्यक्त भएको छ’।
आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस