राजकुमार लेखीले परित्याग गरे लोसपा

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १० : ४२
राजकुमार लेखीले परित्याग गरे लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् । आदिवासी जनजाति आन्दोलनबाट स्थापित नेता लेखीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनी लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका थिए । उनले अब नयाँ राजनीतिक यात्रा सुरु गर्ने जनाएका छन् । उनी नेपाल आदिबासी जनजाति महासंघका पूर्वअध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस