काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र नेतृत्व परिवर्तन आवश्यक रहेको बताए । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले आज आयोजना गरेका ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले पार्टीको मौलिक सिद्धान्त बचाइराख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।
“पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाइराख्न नेतृत्व परिवर्तन आवश्यक छ”, उहाँले भन्नुभयो । पार्टीभित्र परिवर्तनको पक्षमा आफू दृढताका साथ उभिने उहाँको भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसक्दा अघिल्लो निर्वाचमा कांग्रेसले ठूलो पराजय भोग्नुपरेको स्मरण गरे ।
उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपर्नसमेत कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।
नेता सिंहले पदमा जानका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा पु¥याएको बताए । लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै उहाँले पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १३ असोज २०७८, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि