अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन मन्डेकाजी र मुकुन्द्र जर्मनी जाने

सफल खबर संवाददाता

बुधबार, १३ असोज २०७८, १७ : ४८
अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन मन्डेकाजी र मुकुन्द्र जर्मनी जाने

काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।

२ अक्टोबरमा हुने प्रतियोगिताको पुरुष एकल कातामा मन्डेकाजी तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता हुन् ।

उक्त सागमा मन्डेले दोहोरो स्वर्ण तथा मुकुन्द्रले कास्य जितेका थिए । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङले एक कार्यक्रममा विदाइ गरे ।

सो अवसरमा पारागन पब्लिक स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिन, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जोमाका प्रबन्ध निर्देशक विश्वस लामाले खेलाडीलाई ट्रयाकसुट प्रदान गरेका थिए । साकिरले खेलाडीको खाना र बसोबासको पनि प्रायोजन गरेको मन्डेकाजीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस