काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार (भोलि) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने र सरकार विस्तार हुने ‘ब्रिफिङ’ गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार माओवादीका तर्फबाट अब तीन मन्त्री र एक राज्यमन्त्री थपिनेछन् । माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।
मन्त्रीका विषयमा भने आजको बैठकमा छलफल नभएको स्थायी कमिटी सदस्य गणेश साहले बताए । आजको बैठकमा पार्टीको सम्मेलनलगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।
अर्का एक स्थायी कमिटी सदस्यका अनुसार ‘मन्त्री छान्नका लागि प्रचण्ड तनावमा’ छन् । “आफूलाई मन्त्री बनाउनुप¥यो भनेर नेताहरूले दबाब दिएका छन् । अध्यक्ष तनावमा हुनुहुन्छ । त्यसकारण मन्त्रीका बारेमा छलफल नभएको होला,” ती नेताले भने ।उनका अनुसार सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गरेको छ । भोलि संसद् बैठक बसेपछि अधिवेशन अन्त्यको तयारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी