काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार (भोलि) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने र सरकार विस्तार हुने ‘ब्रिफिङ’ गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार माओवादीका तर्फबाट अब तीन मन्त्री र एक राज्यमन्त्री थपिनेछन् । माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।
मन्त्रीका विषयमा भने आजको बैठकमा छलफल नभएको स्थायी कमिटी सदस्य गणेश साहले बताए । आजको बैठकमा पार्टीको सम्मेलनलगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।
अर्का एक स्थायी कमिटी सदस्यका अनुसार ‘मन्त्री छान्नका लागि प्रचण्ड तनावमा’ छन् । “आफूलाई मन्त्री बनाउनुप¥यो भनेर नेताहरूले दबाब दिएका छन् । अध्यक्ष तनावमा हुनुहुन्छ । त्यसकारण मन्त्रीका बारेमा छलफल नभएको होला,” ती नेताले भने ।उनका अनुसार सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गरेको छ । भोलि संसद् बैठक बसेपछि अधिवेशन अन्त्यको तयारी गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता