कोरोना संक्रमण दर ८.३ प्रतिशत मात्र

पत्रपत्रिकाबाट

बुधबार, १३ असोज २०७८, ०६ : २९
कोरोना संक्रमण दर ८.३ प्रतिशत मात्र

काठमाडौं । सेप्टेम्बर महिनामा कोरोना भाइरसको संक्रमण दर ८.३ प्रतिशत मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले कोरोना परीक्षण गरिएका मध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र संक्रमण रहेको जनाइएको छ।  

अगस्ट महिनामा १३.६ प्रतिशत रहेकामा सेप्टेम्बर महिनामा त्यो झरेर ८.३ प्रतिशत मात्र रहेको मन्त्रालयले जनाएको छ। यस्तै, मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन्।  

अगस्ट महिनामा २४.५ प्रतिशतले पहिलो मात्रा र २०।५ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए। अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस