कोरोना संक्रमणका कारण बारामा एक युवकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १२ असोज २०७८, १२ : १७
कोरोना संक्रमणका कारण बारामा एक युवकको मृत्यु

file Photo

वीरगञ्ज । कोरोना संक्रमणका कारण बारामा एक युवकको मृत्यु भएको छ ।  बाराको बिश्रामपुर गाउँपालिका छतवा बरैनिया टोलका २० वर्षे युवकको मृत्यु भएको हो ।

युवकको सोमबार राति पौने १० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

गत भदौ ५ गते ती युवकमा कोरोना संक्रमण देखिएपछि उपचार हुँदै आएको थियो ।