ईपीएल क्रिकेट : भैरहवा र चितवनबिचको खेल पनि वर्षाले प्रभावित

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १५ : २३
ईपीएल क्रिकेट : भैरहवा र चितवनबिचको खेल पनि वर्षाले प्रभावित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि- ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो दिनको दोस्रो खेलसमेत बर्षाले प्रभावित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा (पानी) भएपछि टस समेत हुन सकेको छैन । निर्धारित समय अनुसार खेलको टस १:३० बजे हुनुपर्ने हो ।

तर आज पनि वर्षा भएपछि खेल हुने सम्भावना न्यून रहेको छ । अहिले पिचलाई ढाकिएको छ । यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्सबीचको खेलसमेत हुन सकेन । हिजो (आइतबार) दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन ।

हिजोको वर्षाको कारण मैदान ओसिलो भएपछि विहानी खेलसमेत टस नभइ रद्द भएको थियो । खेल पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस