रोहिणी प्रसाद घोरासैनीको हत्या आरोपमा तीन जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १४ : १३
रोहिणी प्रसाद घोरासैनीको हत्या आरोपमा तीन जना पक्राउ

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका–३ गैडाटारका ५० वर्षीय रोहिणी प्रसाद घोरासैनीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरको टोलीले हत्यामा संलग्न भएको आरोपमा चन्द्रपुर नगरपालिका–३ का ४५ वर्षीय प्रल्हाद फुयाँल, पसाको पर्सागढी नगरपालिका–१ सिर्जनाटोलका २४ वर्षीय रमेश प्रहरी र नवलपरासी पुर्वको कावासोती नगरपालिका–८ का २३ वर्षीय सूर्य भण्डारीलाई पक्राउ गरेको हो ।

घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका ३८ वर्षीय सहदेब भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर–३ का ५० वर्षीय घोरासैनीसँग १८ वर्ष अघिको रिसिबीको बदला लिने उदेश्यले हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कालापानी सामुदायिक जंगलमा हत्या गरेपछि घोरासैनीको शव साढे तीन फिटको रुखमा झुण्ड्याएर आत्महत्याको रुप दिन खोजिएको प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

घोरासैनीको हत्या गर्न मुख्य योजनाकार बोलखेले फुयाँलमार्फत् ३ लाखमा प्रहरी र भण्डारीलाई प्रयोग गरेको खुल्न आएको छ । हत्यामा संल्न रमेश पहरीले सहदेब बोलखे मार्फत विभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सूर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । तीन महिना अघिनै घोरासैनीको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतकका श्रीमती पूर्ण कुमारी घोरासैनीले हत्यामा संलग्न लाई कडा भन्दा कडा कानुनी कारबाहीको माग गरे ।

प्रतिक्रिया दिनुहोस