बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १३ : १९
बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजबाट खुल्ला

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ खुलाएको छ ।

कम्पनीले ८ लाख कित्ता सेयर आईपीओ निष्कासन गरेको हो । जसमा ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लागनी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको आईपीओ निष्कासनका लागि रेटिङ प्रदान गर्ने इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । असोज १४ सम्म आवेदन म्याद तोकिएकोमा यस समयमा पनि पूर्ण आवेदन नपरे असोज २५ सम्म लम्बिनेछ । एकजनाले १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस