काठमाडौं । ककपिटमा धुँवा देखिएपछि सोमबार बुद्ध एयरकै अर्को जहाज आजै काठमाडौं फिर्ता भएको छ । बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । ‘ककपिटमा स्मोक देखिएपछि जहाज फिर्ता भएको थियो’, उनले भने, ‘समस्या पहिचानपछि जहाज पुनः उडिसकेको छ ।’
बुद्ध एयरका अधिकारीहरुले समेत सो जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको जनाएका छन् । आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध एयरको ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर परीक्षण उडान
एउटा पांग्राबिनै जनकपुरबाट काठमाडौं पुग्यो बुद्ध एयरको जहाज
नेपाल बैंक र बुद्ध एयरबिच ३० प्रतिशत छुट दिने सम्झौता
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या
काठमाडौँबाट भैरहवा उडेको विमान पोखरामा अवतरण