काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा सरकारका काम र पार्टीको आन्तरिक जीवनबारे छलफल भएको एक नेताले बताए ।
उनका अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताए । यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली छिटो दिन नेताहरुलाई आग्रह पनि गरेका थिए । सत्ता गठबन्धनका नेताहरुले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने सहमतीसंगै अबको केही दिनमै मन्त्रिपरिषद विस्तार हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने