काठमाडौं । आइतबारदेखि काठमाडौं महानगर क्षेत्रका सबै विद्यालयमा भौतिक उपस्थितमै पठनपाठन सुरु भएको छ।
असोज ६ गते बसेको काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागको बैठकले असोज १० गतेदेखि विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो।
विभागका प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको २७ बुँदे स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काठमाडौंका सबै विद्यालय सञ्चालकले विद्यार्थीको भौतिक उपस्थितमै विद्यालय खोलेका हुन्।
विद्यालय आउन पाउँदा र साथीभाइ भेट्न पाउँदा विद्यार्थीहरू उत्साहित भएका छन्। नानीबाबुलाई विद्यालय पठाउन पाउँदा अभिभावकहरू पनि दंग देखिएका छन्।
कालीमाटीस्थित नीलवाराही माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्मका हजार विद्यार्थी विद्यालयमा आउन पाउँदा निकै रमाए। यो विद्यालयमा तीन सिफ्टमा विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ।
बिहान ६ देखि १० बजेसम्म कक्षा ११ र १२, बिहान १० देखि दिउँसो १ बजेसम्म आधारभूत तह, दिउँसो १ देखि ४ बजेसम्म कक्षा ९ र १० सञ्चालन गर्न थालिएको विद्यालयकी प्रधानाध्यापक जानुका नेपालले बताइन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ११ असोज २०७८, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन