काठमाडौं । जनकपुरधामको पिडारी चोकमा आज साँझ एक टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आनन्दकिशोर दास नामका भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जान लागेको ना७ख ४७४८ नंको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करले ठक्कर दिएपछि मोटरसाइकल चालकको टाउकामा चोट लागेर गम्भीर घाइते भएको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएको तर सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनापश्चात् आक्रोशित स्थानीयवासीले टिप्परमा आगजनी गरेका छन् । आगजनीबाट टिप्पर पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । आगजनीपछि प्रहरी प्रशासनले भीडलाई नियन्त्रण गर्दै वारुण यन्त्रको सहायताले आगो निभाएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १० असोज २०७८, २१ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु