नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १६ : २६
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ।

आइतबार १ हजार २७९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार १४२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ५८९ पीसीआर तथा ५ हजार १४७ एन्टिजेन परीक्षण भएको छ।