कांग्रेस अधिवेसन

चितवनमा देउवा पक्षलाई धक्का, पाँच पालिकामा कोको भए निर्वाचित ?

सफल खबर संवाददाता

आइतबार, १० असोज २०७८, १० : २९
चितवनमा देउवा पक्षलाई धक्का, पाँच पालिकामा कोको भए निर्वाचित ?

चितवन । चितवनका सातमध्ये पाँच स्थानीय तहमा भएका अधिवेशनबाट पदाधिकारीहरु निर्वाचित भएका छन् । पाँचमध्ये तीन वटामा रामचन्द्र पौडेल पक्षका नेताहरु निर्वाचित भएका छन् भने दुई वटामा देउवा पक्षका निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई हेर्दा चितवनमा देउवा पक्षलाई थोरै धक्का लागेको देखिन्छ । निर्वाचित अधिकांश पदाधिकारी पौडेल पक्षका छन् ।

कांग्रेस चितवनका अनुसार कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट निर्वाचित पदाधिकारीको नाम सार्वजनिक भइसकेको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा आज बिहानबाट निर्वाचन हुँदैछ । भरतपुर र रत्ननगरका पनि आजै नतिजा आउने बताइएको छ । 

नेपाली कांग्रेस खैरहनी नगर सभापतिमा झिनो मतका साथ गुणराज श्रेष्ठ निर्वाचित भएका छन् । १४५ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी वर्तमान सभापति शशी खनियाँले १४२ मत प्राप्त गरे । विजयी श्रेष्ठ देउवा पक्षका हुन् । यस्तै उपसभापतिमा प्रेमप्रसाद रेग्मी र विक्रम पंजियार महतो  विजयी भएका छन् । निर्वाचित दुवै जना खनियाँ प्यानलबाट निर्वाचनमा होमिएका थिए ।

यस्तै सचिवमा अनुप अधिकारी र टिकादत्त इटनी  निर्वाचित भएका छन् । निर्वाचित अधिकारी खनियाँ प्यानलका हुन् भने इटनी सभापतिमा निर्वाचित श्रेष्ठ प्यानलका हुन् । त्यस्तै सह–सचिवमा राजेन्द्र रिजाल र अमृता उप्रेती निर्वाचित भएका छन् । रिजाल खनियाँ प्यानलका हुन् भने उप्रेती श्रेष्ठ प्यानलका हुन् ।

इच्छाकामना गाउँपालिकाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सकिएको मतगणनामा ६६ मतका साथ श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी विष्णु कुमार कुवँरले ६२ मत प्राप्त गरे । यस्तै उपसभापतिमा देवलाल गुरुङ  र दीपक खनाल  निर्वाचित भएका छन् । इच्छाकामनामा विजयी अधिकांश रामचन्द्र पौडेल पक्षका छन् ।

त्यस्तै सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ विजयी भएका छन् । यसैगरि सह–सचिवमा उत्तर कुमार गुरुङ र सुधिर अधिकारी निर्वाचित भएका छन् । राप्ती नगरकार्यसमितिको सभापतिमा देबेन्द्र लामा निर्वाचित भएका छन् । उनी देउवा पक्षका मानिन्छन् । १२७ मत प्राप्त गर्दै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नारायण उप्रेतीले ८७ मत प्राप्त गरे ।

यस्तै उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे निर्वाचित भएका छन् । त्यस्तै सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कंडेल निर्वाचित भएका छन् । यस्तै सह–सचिवमा मनोज तामाङ र सारा प्रजा निर्वाचित भएका छन् । नेपाली कांग्रेस कालिका नगरपालिकाको सभापतिमा दीपेश्वर केसी निर्वाचित भएका छन् । ११२ मत प्राप्त गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । उनको निकटम प्रतिद्धन्द्धी लिलाबहादुर गुरुङले १०९ प्राप्त गरे । कालिकाका अधिकांश निर्वाचित रामचन्द्र पौडेल पक्षका छन्।

कांग्रेस माडी नगर सभापतिमा कोमलनाथ भुषाल विजयी भए । भुषालले  खेमप्रसाद महतोलाई ३ मतले पराजित गरे । भुषालले ७४ र महतोले ७१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । भुषाल रामचन्द्र पौडल पक्षका हुन् । माडीमा अधिकांश निर्वाचित पौडेल पक्षका छन् । 


 

प्रतिक्रिया दिनुहोस