काठमाडौँ । अर्थमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले माओवादी केन्द्रको पार्टी सदस्य संख्या ३० लाख बनाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा अर्थमन्त्री शर्माले एमालेसँगको एकता भंग भएपछि संगठन विस्तार गर्दै पार्टीको सदस्य संख्या ३० लाख पु-याउने दाबी पेस गरेका हुन् ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले समानुपातिकतर्फ १३ लाख मत पाएको थियो। मत संख्याभन्दा सदस्य संख्या दोब्बर पार्ने दाबी बुधबार बसेको समेत रहेका संगठन विभाग प्रमुख जनार्दन शर्माले गरेका थिए। शर्माले दाबी गरेको आधा अर्थात् १५ लाख मात्रै सदस्य बनाउन सक्यो भने पनि पार्टी सदस्य संख्याको आधारमा माओवादी सबैभन्दा ठूलो पार्टी हुनेछ। एमाले र कांग्रेसको सदस्य संख्या अहिलेसम्म १० लाखभन्दा कम नै रहेको छ।
‘हाम्रो पार्टीको सदस्य संख्या ३० लाख बनाउनुपर्छ। म डेढ लाख नयाँ सदस्य बनाउन सक्छु,’ बैठकमा शर्माले सोधे, ‘प्रत्येक स्थायी समिति सदस्य डेढ लाख बनाउन तयार हुनुहुन्छ ?’ उनले प्रत्येक स्थायी समिति सदस्यले डेढ लाख कार्यकर्ता थप गर्दा वडासम्मको संगठन विस्तार हुने ‘योजना’ सुनाएको एक स्थायी समिति सदस्यले बताए।
‘मैले संगठन निर्माणमा तीव्रता दिन र सबै तहका नेताहरु एकैपटक परिचालित हुनेगरी ३० लाख सदस्य पु¥याउने अभियान सुरु गर्ने प्रस्ताव लगेको छु,’ शर्माले भने, ‘यसो गर्दा सबैको भागमा केही सदस्य बनाउनुपर्ने जिम्मेवारी थपिन्छ र त्यसले संगठन छिटो बन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’