पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १६ : १५
पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि,  ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५० र एन्टिजेन विधिबाट ३ हजार ५२९ जनामा परिक्षण गर्दा ९५३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९० हजार ६६२ र एन्टिजेनबाट ९० हजार ४४३ जना पुगेको छ ।  

यस्तै, आज थप १३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ जना पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ८७ पुगेको छ । हाल देशभर सक्रिय  संक्रमितको संख्या १९ हजार ७०० रहेको छ ।