महिलावादी ‘आइकन’ कमला भासिनको ७५ वर्षको उमेरमा निधन

एजेन्सी

शनिबार, ०९ असोज २०७८, १२ : ३९
महिलावादी ‘आइकन’ कमला भासिनको ७५ वर्षको उमेरमा निधन

काठमाडौँ । चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको निधन भएको छ । उनको शनिबार बिहान ७५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको हो ।सामाजिक अभियन्ता कविता श्रीवास्तवले उनको मृत्यु भएको पुष्टि गर्दै एक ट्विट गरेकी छन् । निरन्तर महिला अधिकारका क्षेत्रमा क्रियाशील भासिन पछिल्लो समय क्यान्सरसँग संघर्ष गर्दै थिइन् ।

सन् १९४६, अप्रिल २४ मा भारतको राजस्थानमा जन्मिएकी भासिन महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । उनी समाज वैज्ञानिकका रुपमा समेत चर्चित छन् । विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी समय क्रियाशील भासिन एक प्रसिद्ध कवि पनि हुन् । ‘क्यों कि मैं लड्की हूँ, मुझे पढ्ना है’ उनको चर्चित कविता हो ।

उनले यी विविध माध्यमबाट महिला अधिकार र समानताका लागि आवाज उठाउँदैे आइन् । भारतभर मात्र नभएर अन्तर्राष्ट्रिय जगतमै उनी एक महिलावादी ‘आइकन’ का रूपमा प्रख्यात  छ्न् ।

प्रतिक्रिया दिनुहोस