काठमाडौँ । माओवादीका केन्द्रका सांसद एवम् केन्द्रीय सदस्य सुदन किरातीले एमाले नेता रामबहादुर थापा बादललाई हराउन प्रचण्ड नचाहिने र आफू नै पर्याप्त रहेको बताएका छन्।
जनयुद्धका सैन्य कमाण्डर बादलले शुक्रबार चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफू चुनाव लड्न तयार रहेको बताएलगत्तै किरातीले यस्तो प्रतिक्रिया दिएका हुन्।
पछिल्लो समय माओवादीबाट सरकारमा जाने भनिएका नेतामध्येका एक किरातीले बादलसँग लड्न प्रचण्डको जरुरी नै नपर्ने बताउँदै त्यसका आफैं काफी हुने बताएका छन्। प्रचण्डनिकट मानिने नेता किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने ? गुलेली मट्याङ्ग्रा नै काफी ।’
माओवादी छाडेर एमालेको राजनीति गरिरहेका बादलले चितवनको भरतपुर विमानस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रचण्डसँग चितवनमै आगामी निर्वाचन लड्न तयार रहेको बताएका थिए। प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवन नै हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, १७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको प्रष्टीकरण-‘विद्यालाई नारायणकाजीले भेटेकोबारे पार्टीलाई जानकारी छैन’
कलाकार बाबा पाख्रिनसहित सयौँ जना माओवादीमा प्रवेश
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड