पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, १६ : ४६
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १ हजार १ सय ३ र एन्टिजेन विधिबाट ३ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । 

शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । 

यस्तै, आज थप १ हजार ५ सय ५० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस