नेपाली क्रिकेट टिमले प्रतिष्ठाको लागी बुधबार युएईसँग खल्ने

मंगलबार, १९ मंसिर २०७४, १३ : ३७
नेपाली क्रिकेट टिमले  प्रतिष्ठाको  लागी  बुधबार युएईसँग खल्ने

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले भोलि (बुधबार) युनाइटेड अरब इमिरेट्स (युएई)को सामना गर्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट रंगशालामा नेपाली समय अनुसार ११:१५ मा सुरु हने छ ।

घरेलु टोलि युएईसँग २ खेल खेल्ने नेपाली क्रिकेट गत बुधबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपाली टोलीले त्यहाँ दुई अभ्यास खेल समेत खेलेको छ । केन्या र अमेरिकाविरुद्धको दुई अभ्यास खेल नेपालले जितेको थियो । त्यसपछि नेपालले शुक्रबार घरेलु टोलिविरुद्ध दोस्रो खेल खेल्ने छ ।

च्याम्पियनसिपबाट डिभिजन टु मा घटुवा भइसकेको नेपाल र युएईबीचको खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हुने छ । गत महिना भएको छैटौं चरणको खेलमा हङकङ एक खेलमा हार र अर्को खेलमा अंक बाडेपछि नेपाल डिभिजन  टु मा झरेको थियो । च्याम्पियनसिपबाट दुवै टोलि विश्वकप छनोटमा समेत पुग्न असफल भएपछि यो खेल प्रतिष्ठाको लागि मात्र हुने छ ।

अब नेपाल र युएईले डिभिजन टु  बाट विश्वकप छनोटमा पुग्ने मौका भने पाउने छन ।  डिभिजन टु को शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । डिभिजन टु  सन् २०१८ को फेब्रुअरीमा नामिबियामा हुनेछ । च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने युएई पुछारमा रहेको छ ।  नेपालको १२ खेलबाट ९ अंक रहेको छ । युएईको समान खेलबाट ६ अंक छ । च्याम्पियनसिपमा शिर्ष दुई स्थानमा रहेका नेदरल्याण्ड र पपुवा न्युगिनी विश्वकप छनोटमा पुगिसकेको छ । अब दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउने छन्  । तालिकाको तेस्रो स्थानमा स्कटल्याण्ड, चौथोमा र पाँचौमा केन्या रहेका छन् ।

 

नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शरद भेषावकर

विनोद भण्डारी

वसन्त रेग्मी

शक्ति गौचन

सोमपाल कामी

सागर पुन

करण केसी

दिपेन्द्र सिंह ऐरी

सन्दिप लामिछाने

दिलिप नाथ

ललित भण्डारी

आरिफ शेख

वैकल्पिक खेलाडी :

अनिलकुमार शाह

कुशल भुर्तेल

प्रतिक्रिया दिनुहोस