काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पदाधिकारीहरु टुंग्याएको छ। पार्टीको बिहीबार बिहान भएको सचिवालय बैठकले पदाधिकारी टुंग्याएको हो।
जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहँदा पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका छन्। पार्टी महासचिवमा डा बेदुराम भुसाल निश्चित भएको पार्टीका एक स्थायी समिति सदस्यले जानकारी दिए।
उनका अनुसार पार्टीको उपमहासचिवहरुमा डा विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वाला रहनेछन् । पार्टीका केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिव चुनिएका छन्।
पार्टी पदाधिकारी चयनसँगै अन्य जिम्मेवारी टुंग्याउन पार्टीको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दै छ।
नेकपा एमालेबाट विभाजित भएर गएको भाद्र २ गते माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असोज २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?